आदरणीय अभिभावक तथा शुभ चिन्तकहरुमा
नमस्कार,
तमानखाेला १ स्याउला स्थित बुद्ध आधारभूत विद्यालयले विगत ४० वर्ष देखि यस क्षेत्रको विशुद्ध शैक्षिक विकासमा समर्पित यस विद्यालयले गुणस्तरीय, समय सापेक्ष, वैज्ञानिक, ब्यबहारिक तथा निशुल्क शिक्षाको लागि बिद्यालय भवन, विभिन्न प्रयोगशाला, खेलकुद, क्याफेटेरिया, पुस्तकालय, कम्प्युटर लगायत आधुनिक प्रविधिले सज्जित सम्पूर्ण भौतिक पूर्वाधार तथा सुविधाहरुमा ब्यापक लगानी गर्दै हाल निर्माणाधीन अवस्थामा रहेको कुरा सम्पूर्ण अभिभावक तथा शुभ-चिन्तकहरुमा सहर्ष जानकारी गराउन चाहन्छौं। बाल कक्षाको लागि विशेष खेलौनाहरु तयारी अवस्थामा तथा पुर्वाधारहरु निर्माणाधीन अवस्था छन्। गुणस्तरीय शिक्षामा समर्पित यस बिद्यालय अहिले पूर्ण रुपमा पुन:संरचना र आधुनिकरण हुँदैछ। शैक्षिक बिकाशमा समर्पित बौद्धिक समूह तथा समाजसेवीद्वारा संचालित यस बिद्यालयमा यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छौ ।
गुणस्तरीय शिक्षाको यस परिप्रेक्षमा यसै शैक्षिक सत्र २०८१ बाट पूर्ण मोन्टेस्वरी विधि (Full-fledged Montessori Approach) बाट पठन पाठन हुने बाल कक्षा (Kindergarten) संचालन हुन गइरहेको कुरा पनि यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहन्छौ।
यसै सन्दर्भमा यस बुद्ध आधारभूत विद्यालयमा आगामी शैक्षिक बर्ष २०८१/८२ को लागि बालकक्षा (मोन्टेस्वरी) देखि आधारचूत तहह (कक्षा ८) सम्म यहि चैत्र २० गते देखि नि शूल्क भर्ना खुलेको जानकारी यहाँहरुलाई जानकारी गराउन चाहन्छौ।
Admission Open! Session 2024-25!
" Shree Buddha Basic School" one of the best fun leaning schools for your child skill development and experience child growth and innovation.
Contact: 9867620847
0 Comments