google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0 स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१  हेर्न यहाँ क्लिक गर्नुहोस्

 स्थानीय तह 

- स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्दद्यालय दिवा खाजा कार्यक्रमको व्वस्थापनको प्रमुख जिम्मा स्थानीय तहको हुने छ। हरेक स्थानीय तहले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र दिवा खाजालाई स्थानीय उत्पादनमा आधारित एवम् गुणस्तरीय बनाउने गरी नीति नै बनाउनुपर्ने हुन्छ । यसमा स्थानीय उत्पादन आपूर्ति, निकासी प्रक्षेपण गरी स्थानीय उत्पादनको मूल्य निर्धारण जस्ता पक्ष सम्बोधन गर्नुपर्छ । विद्यालयमा प्रयोग गरिने खाजा मेनु अनिवार्य रूपमा निर्धारण गरिनुपर्छ । स्थानीय तहभरमा एकै प्रकारको मेनुको उपयोग गर्ने वा परिवेश र स्थानीय उत्पादनअनुसार फरक हुने भन्ने निर्धारण गर्नुपर्ने हुन्छ ।

 निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र डा. दिपक काफ्ले सचिव दिया। श्री विधा भट्टराई मानबीय मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि सहकार्य गर्नुपर्छ। विद्यालय दिवा खाजका लागि सङ्घीय सरकारद्वारा वित्तीय हस्तान्तरण भएको बजेटमा आवश्यकताअनुसार बजेट थप गर्ने वा वस्तुगत सहयोग जुटाई विद्यालयमा यस कार्यक्रमसम्बन्धी योजना र कार्यान्वयन स्वीकृत गरी कार्यन्वयन गर्नुपर्छ। आफ्ना स्थानीय तहअन्तर्गतका विद्यालयमा राष्ट्रिय मापदण्डअनुसारका मापदण्ड र स्तर कायम गर्ने र कार्यक्रको अनुगमन र मूल्याङकन गर्ने भूमिका स्थानीय सरकारको हुन्छ। स्थानीय तहले प्रदेश सरकारसँग सहकार्य गरी सम्बन्धित सरोकारवालाको क्षमता विकास र आवश्यकताका आधारमा थप स्रोतको माग गरी प्राप्त गर्न सक्ने छ ।

 विद्यालय 

बालबालिकालाई दैनिक रूपमा पोषणयुक्त दिवा खाजा उपलब्ध गराउने मुख्य जिम्मेवारी विद्यालयको हुन्छ। यसका लागि विद्यालयले शैक्षिक सत्रभरिको स्थानीय उत्पादनमा आधारित दिवा खाजा व्वस्थापनसम्बन्धी कार्ययोजना तर्जुमा र कार्यान्वयन गर्नुपर्छ। तोकिएको मापदण्डबमोजिम समुदायको सहभागितामा दिवा खाजा कार्यक्रम कार्यान्वयन गर्ने भूमिका विद्यालयको हुने छ। दिवा खाजा व्यवस्थापनमा आमा समूह अभिभावक स्थानीय क्लब तथा अन्य समूह वा समितलाई सहभागी गराउनुपर्छ। विद्यालय संवेदनशील हुनुपर्ने मुख्य विषय खाजा मेनुको विकास र त्यसको प्रभावकारी कार्यान्यन हो ।

 समुदाय 

स्थानीय उत्पादनमा आधारित विद्यालय पोषण कार्यक्रममा समुदायको सहभागिता महत्त्वपूर्ण हुन्छ। विशेष गरी दिवा खाजाको उत्पादन, आपूर्ति, खरिद, भण्डारण, तयारी, बालबालिकालाई खाजा खुवाउने तथा फोहोरको दिगो व्वस्थापन तथा समग्र कार्यक्रमको अनुगमनमा अभिभावक, कृषक समूह, आमा समूह, स्थानीय क्लब आदिको भूमिका महत्त्वपूर्ण हुने गर्छ। १८. समन्वय र सहकार्य

Post a Comment

0 Comments