google.com, pub-3114243729929817, DIRECT, f08c47fec0942fa0 एसईईको परीक्षाफल प्रकाशित, १८६ जनाको ४ जिपिए, कसरी हेर्ने नतिजा ?

एसईईको परीक्षाफल प्रकाशित, १८६ जनाको ४ जिपिए, कसरी हेर्ने नतिजा ?

काठमाडौं । २०८० मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बिहीवार विहान बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।


बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् भने ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । एसईईमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । त्यस्तै २२१ जनाको परीक्षा रद्द भएको छ ।यसपालिको परीक्षामा ४,६४,७८५ विद्यार्थी सहभागी भएकोमा २,४२,०९२ को एनजी आएको छ ।

प्रकाशित २०८० सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विभिन्न तरिकाले हेर्न सकिने बोर्डले जनाएको छ । जसमा वेबसाइट, एसएमएस र आईभीआरका विकल्प रहेका छन् । तपाईंले निम्न तरिकाले आफ्नो एसईई नतिजा हेर्न सक्नुहुनेछ:



यसपटक विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा हेर्ने व्यवस्था मिलाइएको छ । जसअन्तर्गत नेपाल टेलिकम, स्विफ्ट टेक्नोलोजी, जानकी टेक्नोलोजी, इजी सर्भिस र आकाश टेकले एसईई नतिजा उपलब्ध गराउनेछन् । आईभीआर सेवा भने नेपाल टेलिकमले मात्र उपलब्ध गराउने छ ।


एसएमएसमार्फत नतिजा हेर्ने तरिका


-सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् ।


-त्यसपछि न्यु मेसेजको अप्सनमा ट्याप गर्नुहोस् ।


-त्यसपछि SEE लेखेर आफ्नो सिम्बोल नम्बर (उदाहरणका लागि: SEE 12345678) टाइप गरी १६०० वा ३४४५५ वा ३५००१ वा ३४९४९ वा ३१००३ एसएमएस पठाउनुहोस् । एसएमएसमार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ ।


आईभीआर सेवाबाट नतिजा हेर्ने तरिका


नेपाल टेलिकमको आईभीआर मार्फत नतिजा सुन्न १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिनेछ ।


वेबसाइटबाट नतिजा थाहा पाउने तरिका


परीक्षा बोर्डसहित १० संस्थाका वेबसाइटमार्फत एसईई नतिजा हेर्न सकिने छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक पर्छ ।

Post a Comment

0 Comments